नेपाल सरकार

कृषि तथा पशुपन्छी विकास मन्त्रालय

कृषि विभाग

हरिहरभवन, ललितपुर

कृषकको नाम : भिष्म कार्की

ठेगाना :फुर्से खोला, रत्‍नजोर-७, कास्की

वि.सं. २०६६ सालमा १० वर्ष वेल्जियम बसेर फर्केका भिष्म कार्कीले विदेशमा छँदा सिकेका कृषि सम्बन्धि प्रविधिहरु नेपालमै आएर अवलम्बन गरिरहेका छन् ।  ५५ वर्षको उमेरमा पनि उनमा जोश र जाँगरको केही कमी छैन । रत्‍नजोर-७, कास्कीमा २२ रोपनी जग्मा भाडामा लिएर खती गरिरहेका कार्कीले वि.सं. २०७२ सालमा आफ्नो फार्मलाई BSHB Agrofarm House Pvt. Ltd नाममा दर्ता गरे । विदेश जानु अगाडि देखिनै कृषि पेशामा आवद्द कार्कीले शुरुको दिनमा घाटा बेहोर्नु परेको र कृषि मै लगानी गर्नको लागि खर्चको जाहो गर्नको लागि विदेश गएका थिए । हाल उनले ८ रोपनीमा खर्बुजा, ७ रोपनीमा काक्रो, १ रोपनीमा साग र धनियाँ, १ रोपनीमा बन्दा उत्पादनका साथै माछा पालन पनि गरिरहेका छन् । असिनाको कारणले ठूली क्षति हुने गरेकोले उनले हेलनेटको प्रयोग गरेका छन् र प्लाष्टिक टनेलमा खेती पनि गरिरहेका छन् । उनले कृषि गर्ने प्रेरणा चाहीँ कृषि उद्यमी चन्द्रकान्त बराललाई दिन्छन् ।  कुल रु.६० लाखको लगानी रहेको यस फार्मको लागि उनले सहकारीबाट १७% ब्याजमा रु.१६ लाख ऋण लिएका छन् भने हेलनेट, माछापोखरीको प्लाष्टिकको लागि रु.३५,००० को अनुदान पनि पाएका छन् र यसमा उनको रु.४४ लाखको स्व-लगानी रहेको छ । आफ्नो उत्पादनको प्रमुख बजार भने पोखराकै होलसेल तथा खुद्रा व्यापारीहरु रहेको उनी बताउँछन्। उनको फार्मबाट ६ जनाले पूर्ण रोजगारी पाईरहेका छन्। विशेषगरी उनले गरेको खर्बुजा खेतीबाट उनी निकै सन्तुष्ट छन् । अरु कसैले पनि नगरेको र आफूले कलकत्ताको विज्ञसंग प्राविधिक सहयोग लिएर शुरु गरेको यस सरस्वती जातको खर्बुजा खेतीबाट एक परिवारलाई ठीक्‍क हुने आकारको फल निस्कने जुन धेरै मन पराईएको उनी बताउँछन्। कार्की भन्छन्, कृषिको विकासको लागि अरु कुराहरुमा भन्दा पनि हेलनेटमा ५०% सरकारी अनुदान, असल वीउ, बजारिकरणको राम्रो व्यवस्थापनको आवश्यकता छ । उनी मण्डीमा थोक व्यापारीको मनोमानीले गर्दा कृषकले लगेको काक्रोले बजार नपाएको तितो अनुभव पनि सुनाउँछन् ।जस्तो परिस्थिति भए पनि उर्जाशिल कार्की भन्छन्, गरे के हुँदैन र आफ्नो माटोमा । विदेशमा गरिने दुःखले त नेपालमै सुन फल्छ ।

Contact Info

कृषि विभाग

Hariharbhawan, Lalitpur, Nepal

Phone: 015421323, 015421648

Email: doa.agri2014@gmail.com

WEB: www.doanepal.gov.np

Site Visited

 Connect With Us

We Are Here