नेपाल सरकार

कृषि, वन तथा पर्यावरण मन्त्रालय

कृषि विभाग

हरिहरभवन, ललितपुर

Nepal Flag
वि. सं: आजको मिति : २०८३ कात्तिक ३० गते नेपाल संवत: ११४७ कछलाथ्व सप्तमी - ७
  • खाद्य सुरक्षा, खाद्य अधिकार र खाद्य सम्प्रभुता सम्बन्धी नीति, कानून, मापदण्ड र नियमन कार्यको समन्वय।
  • कृषि क्षेत्रको आधुनिकीकरण, व्यवसायीकरण र औधोगिकीकरण प्रवर्द्धनका लागि कृषि नीति विश्लेषण, तर्जुमा, परिमार्जनमा समन्वय एवं मन्त्रालयललाई पृष्टपोषण।
  • बीउबिजन प्रवर्द्धन र सो सम्बन्धी राष्ट्रिय गुणस्तर निर्धारण र नियमन ।
  • रासायनिक मलको गुणस्तर नियमन र वितरणमा सहजीकरण तथा प्राङ्गारिक एवं जैविक मल उत्पादन, आयात तथा प्रयोगसम्बन्धी नीति, कानून, मापदण्ड, गुणस्तर निर्धारण, नियमन, कार्यान्वयन र समन्वय ।
  • कृषिजन्य सूक्ष्मपोषण तत्त्व, जैविक विषादी एवं रासायनिक विषादीको उपयोग र व्यवस्थापन सम्बन्धी नीति, मापदण्ड र नियमन ।
  • विषादीको स्तरीकरण, सूचना सङ्कलन, वर्गीकरण, सूचना प्रवाह र नियमन सम्बन्धी कार्यको समन्वय।
  • किसान सूचीकरण, वर्गिकरण, र किसान कल्याण सम्बन्धी कार्यको समन्वय ।
  • आन्तरिक एवं बाह्य क्वारेन्टाईन प्रणालीको सुदृढीकरण ।
  • कृषि सम्बद्ध कानूनको कार्यान्वयन।
  • कृषि औद्योगिकीकरण र नियमनका लागि अन्तर प्रादेशिक विकास, प्रवर्द्धन र समन्वयः
  • कृषि क्षेत्रको विकासका लागि आवश्यक कार्यक्रम, बजेट तर्जुमा एवं कार्यान्वयन।
  • कृषि क्षेत्रको विकासका लागि जनशक्ति प्रक्षेपण, विश्लेषण, क्षमता विकास तथा अध्ययन अनुसन्धानमा सहयोग र समन्वय।
  • कृषि विकास रणनीतिको कार्यान्वयन सहजीकरण र समन्वय ।
  • गुणस्तरीय कृषि उत्पादन श्रोत तथा सामग्रीहरुको उपलब्धता एवं गुणस्तर नियमन ।
  • जलवायु परिवर्तन र कृषि क्षेत्रमा यसको प्रभाव न्यूनिकरणका लागि नीति तथा कार्यक्रम तर्जुमा, कार्यान्वयन एवं समन्वय।
  • कृषि कर्जा, बाली बीमा एवं प्रकोप व्यवस्थापन सम्बन्धी कार्यमा समन्वय।
  • कृषि विकाससँग सम्बन्धित सरकारी, गैर सरकारी र निजी क्षेत्रका निकायहरु बीच समन्वय कायम गर्ने।
  • कृषि कर्जा, बाली बीमा एवं प्रकोप व्यवस्थापन सम्बन्धी कार्यमा समन्वय।
  • कृषि शिक्षा, अनुसन्धान र प्रसार बीच समन्वय ।
  • कृषि बस्तुमा भन्सार छुट लगायतका व्यवस्थाका लागि मन्त्रालयमा सिफारिस गर्ने ।
  • कृषि उपजहरुको मूल्य निर्धारण कार्यको समन्वय।
  • कृषि विकासका साझेदारसँग सम्पर्क, समन्वय र सहकार्य सम्बन्धी कार्य ।
  • मातहतका निकायहरुबाट सञ्चालित कृषि विकास कार्यक्रमहरुको अनुगमन मूल्याङ्कन तथा आवश्यक समन्वय ।
  • संघीय कृषि फार्म र केन्द्रहरुको समग्र व्यवस्थापन ।
  • कृषि बजारहरुको नियमन ।
  • वैदेशिक सहयोगमा सञ्चालित कृषि विकास सम्बद्ध आयोजनाको कार्यान्वयन, समन्वय, अनुगमन तथा मूल्याङ्कन।

Contact Info

कृषि विभाग

Hariharbhawan, Lalitpur, Nepal

Phone: 015421323, 015421648

Email: doa.agri2014@gmail.com

WEB: www.doanepal.gov.np

Site Visited

 Connect With Us

We Are Here