नेपाल सरकार

कृषि तथा पशुपन्छी विकास मन्त्रालय

कृषि विभाग

हरिहरभवन, ललितपुर

कृषकको नाम : शिव चन्द्र मण्डल

ठेगाना :काठमाण्डौ

वैदेशिक रोजगारको सिलसिलामा ईजरायल पुगेका कागेश्वरी मनहरा न.पा.४, मुलपानी, काठमाण्डौका ५४ वर्षिया शिव चन्द्र मण्डल ९ वर्ष सम्म त्यहिँ बसेर हाल नेपाल फर्केका छन्  ।वनस्पति शास्त्रमा स्नाकोत्तर सम्मको शिक्षा हाँसिल गर्नुको साथै कृषि तर्फ जे.टि.ए. भैसकेका मण्डलले ईजरायल जस्तो मुलुकबाट आधुनिक कृषि सम्बन्धी थुप्रै ज्ञान तथा अनुभव प्राप्त गरेका छन् । यहि ज्ञान तथा अनुभव नै उनका लागि स्वदेशमै आएर कृषि क्षेत्रमा काम गर्ने प्रेरणाको श्रोत बन्यो । विभिन्न निकायबाट तरकारी खेती, हाईव्रिड बीउ उत्पादन तथा अन्य विषयमा तालिम पनि लिएका मण्डलले वि.सं. २०७१ सालमा प्रमिला कृषि फर्म दर्ता गरि गत ६ वर्ष देखि २० रोपनि जग्गा भाडामा लिएर आधुनिक तरिकाबाट व्यवसायिक तरकारी खेती तथा सृजना गोलभेडाको बीउ उत्पादन कार्य गर्दै आएका छन् ।

२० लाख आफ्नै लगानी रहेको यस व्यवसायमा उनले ३० लाख बरावरको बार्षिक कारोबार गरी ८-१० लाख नाफा गर्छन् । यसरी वर्षमा १२० टन टमाटर, ७ टन काउली, १५० क्विन्टल साग, १५ के.जी गोलभेडाको बीउ उत्पादन हुने यस व्यवसायमा उनले ४ जना स्थायी कर्मचारी र ४०० जनालाई आंशिक रोजगारीको अवसर पनि प्रदान गर्न सफल भएका छन् । आफ्नै परिवरका २ जना सदस्य पनि दैनिक रुपमा व्यवसायमा संलग्न रहेको उनले जानकारी गराए । ६० वटा प्लास्टिक टनेलमा तरकारी खेती गर्दै आएका उनले आफ्नो उत्पादनको लागि कालिमाटी बजार तथा लोकल मार्केट लक्षित गरेका छन् । उत्पादन गरेको गोलभेडाको बीउ विभिन्न ठाँउ जस्तै काठमाण्डौ, ललितपुर, भक्तपुर, तराईका विभिन्न जिल्लहरु आदिमा जाने गरेको छ ।यसै क्रममा उनीले सरकारी निकायबाट आफुले अनुदान स्वरुप पलास्टिक सिट प्राप्त गरेको बताए ।कृषि सम्बन्धि धेरै ज्ञान तथा अनुभव भएकोले आगामी दिनहरुमा आफूले व्यवसायलाई अझ सुदृढ बनाएर प्रवर्द्धन गर्दै अघि बढ्ने भावि सोच रहेको बताउँदै उनले बजार व्यवस्थपनमा सरकारबाट आवश्यक पहल गर्नुपर्नेमा जोड दिएकाछन्।

Contact Info

कृषि विभाग

Hariharbhawan, Lalitpur, Nepal

Phone: 015421323, 015421648

Email: doa.agri2014@gmail.com

WEB: www.doanepal.gov.np

Site Visited

 Connect With Us

We Are Here