नेपाल सरकार

कृषि तथा पशुपन्छी विकास मन्त्रालय

कृषि विभाग

हरिहरभवन, ललितपुर

कृषकको नाम : राजन मैनाली

ठेगाना :ललितपुर

गोदावरी -१२, ठेचा, ललितपुरमा  घर भएका राजन मैनाली ईजरायल जस्तो मुलुकमा ७ वर्ष बिताए । ५२ वर्षिया मैनालीले त्यहाँ रहँदा नर्सरी तथा तरकारी खेतीमा काम गरी राम्रो ज्ञान तथा अनुभव वटुल्ने मौका प्राप्त गरे । यसै क्रममा ईजरायलमै रहँदा २००५ मा बमबाडि भई ७ दिनसम्म खान समेत नपाएको घटना स्मरण गर्दै नेपालमा पनि त्यस्तो अवस्था नआओस्, कसैलाई खानै नपाएर भोकभोकै मर्नु नपरोस भन्ने सोचेर आफू स्वदेश फर्की कृषि पेशामा लागेको बताए। स्नातक सम्मको शिक्षा हाँसिल गरेका मैनालीले ७ रोपनि जग्गा भाडामा लिएर ४ जना राजन मैनाली, शिव गौतम, ठाकुर क्षेत्री र अन्य) मिलेर साँझेदारीमा (गाई पालन, तरकारी व्यवसाय, कृषि समाग्री विक्री वितरण, गोदाम संचालन, जे.टी /जे.टी.ए लाई तथा ओ.जे.टी. गराउने तथा ईच्छुकहरुलाई तालिम दिने जस्ता कार्य गरी बृहत्तर रुपमा लागेका छन् । उनीहरु मध्ये कोही उत्पादनमा, कोही बजारीकरण तर्फ त कोही प्रशिक्षकको रुपमा काम गरिरहेका छन् । यसरी ५ वर्ष पहिले किसान एग्रीकल्चर फर्ममा आबद्ध मैनाली गत ३ वर्ष देखि भने साँझेदारीमा स्वष्तिक एग्रीकल्चर फर्म दर्ता गरी कृषि व्यवसायमा संलग्न छन् । १० लाखको लगानि गरेका उनीहरुले १ जना स्थायी कर्मचारी राखेका छन् भने ३६५ जनालाई वार्षिक रोजगारीको अवसर सृजना गरेका छन् । सुरुवाती अवस्थामा धेरै खर्च व्यहोर्नु परे पनि हाल मलको लागि गाई फर्म भएको र जे.टी /जे.टी.एलाई तालिम तथा ओ.जे.टी. गराउने हुँदा खर्च निकै कम हुने गरेको उनको भनाई छ ।

टमाटर २८ टन, भेडेखुर्सानि ५ क्विन्टल, साग २ क्विन्टल जस्तो उत्पादन गर्ने उनीहरुले प्राङ्गारिक उत्पादनमा विशेष जोड दिई ठमेल जस्तो व्यस्त बजारलाई आफ्नो लक्षित बजार बनाएका छन् ।करिव ६-८ लाखको बार्षिक कारोबार गरी ३-४ लाख नाफा हुने गरेको र साविक तरकारी विकास निर्देशनालयबाट अनुदान स्वरुप Naturally ventilated house  निर्माण गरिदिएको जसमा २० % फर्मको लगानि रहेको बताउने मैनालीले आफूहरुले करिव १००० जना भन्दा बढिलाई तालिम प्रदान गरिसकेको दावि गर्छन् । यसरी उनले उचित बजार व्यवस्थापन, ठाउँ विशेष High Tech मा जानुपर्ने, किसानलाई प्रत्येक्ष रुपमा नै भुक्तानि प्रणाली हुनुपर्ने जस्ता आवश्यकता पहिचान गरेका छन् । ईजरायली कृषिमा ७ वर्ष तालिम प्राप्त गरेका उनले आगामि दिनहरुमा आर्थिक पक्ष राम्रो हुँदै गए देशकै नमूना फर्म बनाउने आफूहरुको सोच रहेको बताए ।

Contact Info

कृषि विभाग

Hariharbhawan, Lalitpur, Nepal

Phone: 015421323, 015421648

Email: doa.agri2014@gmail.com

WEB: www.doanepal.gov.np

Site Visited

 Connect With Us

We Are Here