नेपाल सरकार

कृषि तथा पशुपन्छी विकास मन्त्रालय

कृषि विभाग

हरिहरभवन, ललितपुर

कृषकको नाम : मनोज कोईराला

ठेगाना :चितवन

विद्यार्थी भिसामा विदेश गई स्वदेश फर्किएका ४२ वर्षिया मनोज कोईराला हाल भ.म.न. पा १, चितवन बस्दै आएका छन् । न्युजिल्याण्डमा करिव ११ महिना विताएर नेपाल फर्किएका उनले विदेशमा रहँदा नै एम. एस्सी. एजी (हर्टीकल्चर) अध्ययन गरे । तत्पश्चात भने धेरै सम्भावना बोकेको नेपालकै कृषि व्यवसायमा लागे । पढेको व्यक्तिले पनि कृषि व्यवसाय गर्दा रहेछन् भनि आफू अरुको लागि प्रेरणाको श्रोत बनि उदाहरणीय व्यक्तित्व बन्छु भन्ने सोचेर नै पून : कृषि व्यवसायमा लागेको उनी बताउँछन् ।

पढाई सकाएर गैर-सरकारी संस्था तथा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा परामर्शदाताको रुपमा काम गरिसकेका कोईरालाले कृषि व्यवसाय र अन्य पेशा सँगसँगै लैजान नभ्याउने भएपछि गत ३ वर्ष देखि ग्रीन भ्याली एग्रीकल्चर फर्म एण्ड रिसर्च सेन्टर नामक फर्म दर्ता गराई कृषि क्षेत्रमा काम गर्दै आएका छन् । उनले आफ्नो ४० कठ्ठा र १२० कठ्ठा जग्गा भाडामा लिई आफ्नो २० लाख लगानिका साथै बैङ्कबाट ५० लाख ऋर्ण लगानि गरेका छन् । यसका अलवा उनले साविक तरकारी विकास निर्देशनालयबाट २० लाख अनुदान स्वरुप प्राप्त गरेको बताए।

हाल उनले करेला, लौका, भेडेखुर्सानि, टमाटर, गाजर आदि जस्ता तरकारी उत्पादन गर्दै आएका छन् । यसरी उनले आफ्नै परिवारका ५ जना सदस्य संलग्न यस व्यवसायमा ६ जनालाई मासिक खर्च दिएर रोजगारको अवसर प्रदान गरेका छन् भने दैनिक ज्यालादारीमा १०-१५ जनालाई थप रोजगारी सृजना गर्का छन् । उनले २०-२५ लाख खर्च गरी ४००० स्क्वयर मिटर को नेट हाउस निर्माण गरी आधुनिक तवरबाट भेडेखुर्सानि खेती गरिरहेका छन् । ५० लाख बराबरको बार्षिक कारोबार गर्ने गरेको बताउने उनले गतसाल १ टन गाँजर उत्पादन भएपनि प्रति के.जी. रु ७ को दरले बेच्नु परेको कारण व्यवसायमा घाटा व्यहोर्नु परेको र यस वर्ष भने सबै कारोबारबाट  करिव २५-३० लाख नाफा हुने अपेक्षा राखेका छन् । व्यवसायिक तरकारी खेतीका साथै स-सानो अनुसन्धानको पाटोलाई पनि सँगसँगै लग्ने सोच बनाएका उनले जैविक विषादी, जैविक मल, जैविक ढुसिनाशक औषधि जस्ता प्राङ्गारिक उत्पान पनि आफै बनाई परिक्षण तथा अनुसन्धान गर्ने गरेको बताए। बजारकको समस्या, कृषि विज्ञको अभाव, अनुसन्धानको अभाव रहेको बताए । यस क्षेत्रमा उनले एम.एस्सि.एजी जस्तो उच्च शिक्षा हाँसिल गरेर पनि पून: कृषि व्यवसायमा संलग्न भई एक उदाहरणिय, लगनशिल, उर्जावान युवा कृषक तथा विज्ञको रुपमा आफूलाई कृषि क्षेत्रमा  स्थापित गर्न ठूलो मेहनत र लगानि खर्चिएका छन् ।

Contact Info

कृषि विभाग

Hariharbhawan, Lalitpur, Nepal

Phone: 015421323, 015421648

Email: doa.agri2014@gmail.com

WEB: www.doanepal.gov.np

Site Visited

 Connect With Us

We Are Here