नेपाल सरकार

कृषि तथा पशुपन्छी विकास मन्त्रालय

कृषि विभाग

हरिहरभवन, ललितपुर

कृषकको नाम : विष्णुहरी पन्त

ठेगाना :चितवन

रत्ननगर १२, चितवन निवासि ३९ वर्षिया विष्णुहरी पन्त ५ वर्ष ईजरायलमा बसि आफ्नै ठाँउ फर्केर व्यवसायिक केरा खेतीमा लागेका छन् । उनले ईजरायल जस्तो मुलुकमा रहँदा टमाटर र भेडेखुर्सानि खेति सम्बन्धि ज्ञान तथा अनुभव बटुल्ने अवसर प्राप्त गरे। जिल्ला कृषि विकास कार्यलय, चितवनबाट कृषि सम्बन्धि सानो तालिम लिएको उनले हाल चितवनमा वि.एण्ड वि. वनना फर्म नै दर्ता गराएर आफ्नो २ विघा जग्गा  सहित थप ३८ विघा जग्गा भाडामा लिएर व्यवसायिक केरा खेती गरिरहेका छन् । उनले १० कठ्ठामा थोपा सिँचाई प्रविधि अपनाएर आधुनिक प्रविधिबाट केरा खेती गरिरहेका छन् । यसरी उत्पादन गरेको केरा काठमाण्डौ, बुटवल, पोखरा र दाङ्ग जस्ता बजारमा जाने उनको भनाई रहेको छ ।

१ करोड बैङ्कबाट ऋण र ५० लाख स्वलगानी भएको यस व्यवसायमा करिव ६ जना कार्मचारीहरुलाई दैनिक रोजगारीको अवसर तथा ४००० जनालाई वार्षिक रुपमा आंशिक रोजगारीको अवसर प्राप्त भएको छ । केरा जोन चितवनबाट स्यालो बोरिङ्ग अनुदान प्राप्त गरेका उनले २ करोड  बरावरको बार्षिक कारोबार गर्छन् भने ४०-४५ लाख खुद आम्दानी गर्छन् ।  

यस क्षेत्रमा काम गरिरहँदा उनीले जग्गा खण्डिकरणले गर्दा जग्गा भाडामा पाउन गाह्रो भएको, विज्ञ प्राविधिकको कमी, केराको वाई प्रोडक्ट उद्योग नभएको, टिस्यु कल्चरबाट उत्पादित विरुवा नपाउने, उन्नत विरुवाको अभाव, उचित वजारको अभाव जस्ता समस्या रहेको बताएका छन् । केरा संघको पूर्व अध्यक्ष समेत रहेका पन्तले केरा व्यवसायको क्षेत्रलाई माथि उकास्न ठूलो योगदान गरेको बताएका छन् ।      

Contact Info

कृषि विभाग

Hariharbhawan, Lalitpur, Nepal

Phone: 015421323, 015421648

Email: doa.agri2014@gmail.com

WEB: www.doanepal.gov.np

Site Visited

 Connect With Us

We Are Here