नेपाल सरकार

कृषि तथा पशुपन्छी विकास मन्त्रालय

कृषि विभाग

हरिहरभवन, ललितपुर

कृषकको नाम : इन्द्र कुमार राई

ठेगाना :खोटेहाङ गा.पा-६, ईन्द्राणीपोखरी, खोटाङ

व्यवसायिक कृषि कर्मी श्री इन्द्र कुमार राईले आफ्नो कृषि व्यवसाय शुरु गरेको ३ वर्ष पुरा भयो । ७ वर्ष लामो मलेसिया बसाईको क्रममा उनले बेकरीमा काम गरे र सेक्युरिटीको पनि काम गरे । अर्थोपार्जनको लागि तथा देशमा चरम द्वन्दको अवस्थाका कारण आफू विदेशीनुपरेको बताउँछन् उनी । विदेश वसाईकै क्रममा सामाजिक संजालसंग आफु जोडिएको र सोहि क्रममा आफ्नै देशमा रहेको प्रवल सम्भावना, विशेषगरी  कृषि क्षेत्रको सम्भावना र त्यसमा पनि अलैंची खेती गर्ने कृषकहरुले गरेको कमाई बारे जानकारी पाए । आफ्नो भुगोल पनि अलैंची खेती गर्नको लागि निकै उपयुक्त भएकोले अलैंची खेती लगायत अरु खेतीमा सम्भावना देखेर ३८ वर्षको उमेरमा उनी नेपाल फर्कीए । आफ्नो सपनालाई साकार पार्नको लागि उनले नेपाल फर्केर आएपछी प्राविधिक ज्ञानको लागि  विभिन्न तालिम लिए, व्यावसायिकताको लागि ‍औद्योगिक विकास व्यवसायी प्रतिष्ठानले विराटनगरमा दिएको १० दिने प्रशिक्षक प्रशिक्षण तालिम लिए, अलैंची खेती शुरु गरे र हाल एक सफल अलैंची कृषकको रुपमा परिचित छन् ।

अन्य कुनै पेशा भन्दा पनि कृषि पेशालाई उनी एक आशावादी पेशाको रुपमा लिन्छन् । उनी हर्षका साथ भन्छन्, विरुवा रोप्दा, उम्रदा, बढ्दा, फुल्दा र फल लाग्दा हरेक चरणमा खुशी मात्र प्राप्त हुन्छ । देशको विकासको लागि कृषि र कृषिसँग जोडीएको कृषि पर्यटन नै हो र हाम्रो भविष्य पनि कृषि मै छ भनेर उनी कृषि पेशामा लागेका हुन् । हाल कृषि विकास समितिमा कृषक प्रतिनिधि रहेको र सक्रीय भएर काम गरेपछी सामाजिक दायित्व पनि बढेको उनले अनुभव गरेको छन् । अबको दिनमा बाँझो जग्गा जमिनलाई कसरी उपयोग गर्ने भन्ने उनको सोच रहेको छ ।

परिवारबाट पनि शुरुमा पुर्ण रुपले साथ नपाएको र पछी राम्रो हुन थालेपछी पारिवारिक सहयोग उनले पाएका थिए । हाल उनी छरछिमेक, गाउँघरमा प्रेरणाका श्रोतको रुपमा चिनिएका छन् र अरुलाई प्रशिक्षण पनि दिईरहेका छन् । उनी युवाहरुलाई सुझाव दिन्छन्, "आफ्नो स्वभाव, पारिवारीक तथा सामाजिक वातावरण अनुसारको व्यवसाय छनोट गरे सफलता पाईन्छ" ।

समस्याहरु ‍औंल्याउनुपर्दा उनी पूर्ण लगानी गर्ने श्रोत नहुनु, सरसापट गर्दा व्याज महगों पर्नु र बैंकले नपत्याउनु, यातायातको राम्रो सुविधा नहुँदा बजारीकरणको लागि समस्या पर्नु, मल-बिउ-विषादीको सहज उपलब्धता नहुनु, बाँदर लगायत अन्य वन्य-जन्तुहरु प्रमुख रहेको बताउँछन् ।

Contact Info

कृषि विभाग

Hariharbhawan, Lalitpur, Nepal

Phone: 015421323, 015421648

Email: doa.agri2014@gmail.com

WEB: www.doanepal.gov.np

Site Visited

 Connect With Us

We Are Here