नेपाल सरकार

कृषि तथा पशुपन्छी विकास मन्त्रालय

कृषि विभाग

हरिहरभवन, ललितपुर

Nepal Flag
वि. सं: आजको मिति : २०८२ फागुन २३ गते नेपाल संवत: ११४६ चिल्लागा चतुर्थी - १९

कृषकको नाम : गुनाराज राई

ठेगाना : अरुण गा.पा.-२, भोजपुर

विगत ६ वर्षदेखि अनवरत रुपले कृषि पेशामा लागेका गुनाराज आफ्नो पढाई सकाएर वैदेशिक रोजगारीको सिलिसलामा ४ वर्ष मलेसिया तथा सिंगापुर गएका थिए । विदेशमा रहँदा राम्रो कमाई गरेता पनि पछि उनलाई परिवार र आफ्नो देशको महत्वबारे अनुभुति भयो । विदेशमै छँदा देखि नै उनले नेपाल फर्केर गएपछि कृषि पेशा विशेषगरी अलैंची खेतीमा लाग्ने अठोट गरेका थिए । वुवाले शुरु देखि नै अलैंची खेती गरीरहेको र त्यतिबेला अलैंचीको मूल्य निकै राम्रो भएर प्रति मन रु. एक लाख सम्म पनि विक्री भएको खबरले उनमा नेपालमा पनि राम्रो कमाई गर्न सकिने रहेछ भन्ने भावना जागेकोले उनी नेपाल फर्केर आए । आफ्नो बावुलाई आफ्नो आदर्श मान्ने गुनाराजले फर्केर आएपछि आफ्नै पहलमा अलैंची खेतीबाट कृषि पेशाको शुरुवात गरे । हाल अलैंची खेतीको साथसाथै उनले फलफूल खेती, च्याउ खेती, ब्रोयलर पालन तथा नर्सरी पनि संचालन गरिरहेका छन् ।

अलैंची खेतीबाट उनको गाउँको मानिसहरुको जीवनस्तर नै परिवर्तन भएको अवस्था र कृषि नै एउटा त्यस्तो पेशा जसमा अरु कसैको पनि गुलामी गर्न नपर्ने भएकोले आफू यस पेशामा लागेको उनी बताउँछन् । कृषि पेशामा लागेका मानिसहरु शारिरिक रुपले पनि तन्दुरुष्त हुने उनको भनाई छ । यसरी कृषिकर्मको एक मात्र नभई अनेक फाईदा छन् । शुरुवाती दिनहरुमा उनले जिल्ला कृषि विकास कार्यालयबाट सहयोग प्राप्त गरेको र  युवा स्वरोजगार कार्यक्रम अन्तर्गत च्याउ खेती तालिम लिएका थिए ।

समस्याको रुपमा नयाँ प्राविधिक ज्ञानको कमि नै प्रमुख रहेको उनी बताउँछन् । ९ देखि १० मन उत्पादन गरिरहेका गुनाराज भन्छन् नयाँ बगानमा १ रोपनीमै १ मन अलैंची उत्पादन गर्न सकिने तर पुरानोमा ६ के.जी. सम्म मात्र उत्पादन हुने भएकोले उत्पादन लागत पनि एकै नहुने र हाल मूल्यमा आएको गिरावटका कारण कृषकहरु निराश छन् । हालको मूल्य मात्र रु. ६०० प्रति के.जी.को दर रहेको छ । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तर्गतको अलैंची जोनको सदस्य समेत रहेका गुनाराज  अहिलेको यो मूल्यमा आएको गिरावटलाई सुधार गर्न र अलैंचीमा रहेको स्टीम डिस्टीलेसन प्रविधिको बारेमा खोज गर्न भनि लागिपरेका छन् ।

गाउँमा एक उदाहरणको रुपमा परिचित र धेरैका लागि प्रेरणाको स्रोत बनेका गुनाराज, आफूले गरेको कर्म प्रति गर्व गर्छन् । उनी थप्छन् "नेपालको विकासको लागि कृषि नै एउटा प्रमुख माध्यम हो" । 

Contact Info

कृषि विभाग

Hariharbhawan, Lalitpur, Nepal

Phone: 015421323, 015421648

Email: doa.agri2014@gmail.com

WEB: www.doanepal.gov.np

Site Visited

 Connect With Us

We Are Here