नेपाल सरकार

कृषि तथा पशुपन्छी विकास मन्त्रालय

कृषि विभाग

हरिहरभवन, ललितपुर

कृषकको नाम : श्री अर्जुन गुरुङ्ग

ठेगाना :रुपन्देही

पक्लिहवा, सिद्धार्थ गाउँपालिका-२, रुपन्देही बस्ने ४८ वर्षीय अर्जुन गुरुङ (आशा) एक सफल रियल स्टेट तथा होटल व्यवसायी हुन् । वि.सं. २०४८ देखि २०५१ साल सम्म जर्मनीमा कामदार भिसामा गएका अर्जुनको कृषि तर्फको रुचि तथा लगावका कारण नै एक सफल व्यवसायी भैकन पनि कृषि व्यवसाय तर्फ लागेका छन् । बर्षौ देखिको स्वदेश तथा विदेशमा गरेको स्वअध्ययन तथा अनुसन्धानका क्रममा उनले धेरै कृषि सम्बन्धि प्रबिधिहरु सिकेको तथा रोपे देखि उत्पादन लिँदा सम्म प्रतिशतका आधारमा कृषि नै एउटा त्यस्तो व्यवसाय हो जसबाट सबै भन्दा बढी नाफा हुने देखे । वि.सं. २०७५ को जेठमा ६.५ बिघामा लुम्बिनी अर्गानिक फार्म एण्ड रिसर्च सेन्टर विधिवत रूपमा दर्ता गरि स्थापना गरे । हाल २०० जना उपोभोक्ता, डीपार्टमेन्ट स्टोर तथा मध्य पूर्वी एसियालाई लक्षित गरि कृषि ब्यवसाय शुरु गरेका अर्जुनले हाल स्कूलको जग्गा वर्ष को १.५ लाख का दरले २० वर्षको लागि भाडामा लिएका छन् । आफ्नो फार्मलाई ३ वटा वर्गमा विभाजन गरेका उनले क वर्गमा ३ विघामा २८ प्रजातिका फलफूलका ५००० बोट लगाएका छन् जसमा स्याउ, अम्बा, थाई अम्बा, वयर, सुन्तला, कागती, गोल्डेन जामुन, आँप, नास्पती, चेरी, अनार, उखु, एप्पल वाक्स, अमला, आदि छन् भने ख बर्गमा ४.४ फीटको १०० वटा क्यारीएजमा तरकारी खेती गरेका छन् जसमा लसुन, कर्कलो, भिण्डी, भन्टा, साग आदि लगाएका छन् । ग वर्गमा भने २००० मेवा, २००० केरा, ५०० अरु फलफूलका बोटका साथै हाँस, कुखुरा तथा बाख्रापालनको सुरुवात गरेका छन् । यसरी एकीकृत रुपमा कृषि ब्यवसाय गरी नमुनाको रुपमा चिनिने तथा वर्षमा १०,००० पर्यटक आफ्नो फार्ममा भित्र्याउने तथा यो फार्मलाई एउटा तालिम केन्द्रको रूपमा स्थापना गर्ने लक्ष्य राखेका छन् ।

२ करोडको लगानी तथा १५ लाखको प्रदेश सरकारको लगानी रहेको यस फार्ममा हाल ६ देखि ७ जनाले पूर्ण रोजगारी पाएका छन् । कृषि पेशासँगको आफ्नो लगाव तथा आफ्नै देशमा बसेर केहि गर्नु पर्छ भन्ने भावनाका साथ निरन्तर लागि परेका अर्जुन भन्छन् "आँट, मिहिनेत र आत्मविश्वासका साथ काम गरे नेपालमै बसेर राम्रो कमाई गर्न सकिन्छ, विदेश नै जानु पर्छ भन्ने छैन" ।

Contact Info

कृषि विभाग

Hariharbhawan, Lalitpur, Nepal

Phone: 015421323, 015421648

Email: doa.agri2014@gmail.com

WEB: www.doanepal.gov.np

Site Visited

 Connect With Us

We Are Here