नेपाल सरकार

कृषि तथा पशुपन्छी विकास मन्त्रालय

कृषि विभाग

हरिहरभवन, ललितपुर

नागरिक वडापत्र

नागरिक वडापत्र

Nepal Flag

कृषकको नाम : नरभक्त राई

ठेगाना :लेटाङ-९, मोरङ

आठ वर्ष कतार र साउदीमा वैदेशिक रोजगारीमा बिताएका नरभक्त राईलाई आफू विदेशमा रहदा आफ्नो बारी बाँझो रहेको देखेर नेपालमै बसेर कृषि पेशा गर्ने जोश आयो । विदेशबाट फर्केपछि उनले आफ्नो पुर्ख्यौली जमिन (२ विघा १ कठ्ठा) मा कागती तथा सुपारी खेती गर्ने निधो गरे । आफ्नो छिमेकी विनोद वस्तीको सहयोगमा कागतीको बेर्ना लिई खेती शुरु गरेको र उनी सँगै बजारको पनि अध्ययन गरिरहेको बताए । हाल उनीसँग कागतीको साथसाथै सुपारीका ५१० बोट पनि छन् । यी बालीको उत्पादन लिन केहि वर्ष लाग्ने भएकोले हालसालै कुनै नाफा नभएको तर भविष्यमा यस पेसाबाट आम्दानी राम्रो हुने कुरामा उनी विश्वश्त छन् ।

 

पहिले-पहिले उक्त बारीमा धान मकै खेती गर्ने गरेको र यसको उत्पादनबाट कुनै नाफा नभएको हुँदा केहि पृथक गर्ने सोचले सुपारी तथा कागती खेती शुरु गरेको उनी बताउँछन् । भविष्यमा आफ्नो उत्पादनलाई स्थानिय बजारमा भन्दा पनि बाहिर बजारीकरण गर्ने उनको लक्ष्य छ र सोहि अनुसार बजारको अध्ययन पनि गरिरहेका छन् । आफ्नो क्षेत्रलाई कागतीमय बनाउनको लागि उनले आफ्ना छिमेकी साथी-भाइलाई कागतीका बेर्ना उपलब्ध गराउनको साथसाथै प्राविधिक सहयोग पनि गरेका छन् ।

 

खेती शुरु गर्दा सबैले उनलाई ल यो बौलायो, खेतीपातीमा धेरै लगानी गर्यो भन्थे तर अहिले कागतीको उत्पादनको शुरुवात देखेर सबै जनाले हामालाई पनि खेती गर्न सहयोग गर्नुस् भन्ने गरेको उनी बताउँछन् । हाल उनलाई सिंचाईको प्रमुख समस्या रहेको छ ।

 

विदेशमा गर्ने मिहिनेत यहिँ गर्ने हो भने परिवार र साथीभाइसँग बसेर स्वतन्त्र रुपमा कृषि व्यवसाय गरी त्यहाँको आम्दानी यहिँ नै कमाउन सकिने भनि अन्य विदेशमा जान लागेका साथीभाइलाई उनी सम्झाउने गर्छन् ।

सूचनाहरू

धान बालीको उन्‍नत वीउ विजनको प्रयोगमा मुल्य अनुदान सम्वन्धमा
SAGARMATHA SAMBAAD
धान बालीको उन्‍नत बीउको वासलातको विवरण (आ.व. २०८१/८२)
धानको उन्‍नत बीउ उत्पादनमा प्रोत्साहन तथा उन्‍नत बीउ बिजन प्रयोगमा मुल्य अनुदान कार्यक्रमका लगि अन्लाइन आवेदन तथा माग, आपूर्ति विवरण प्रविष्ट गर्ने म्याद थप सम्वन्धी सुचना
आवेदन पेश गर्ने सम्बन्धी सूचना।
धानको उन्‍नत बीउ उत्पादनमा प्रोत्साहन तथा उन्‍नत बीउ बिजन प्रयोगमा मुल्य अनुदान कार्यक्रमका लगि अन्लाइन आवेदन तथा माग, आपूर्ति विवरण प्रविष्ट गर्ने सम्वन्धी अत्यन्त जरूरी सूचना
जिन्सी मालसामानको लिलाम बढाबढ गरी बिक्री गर्ने सम्बन्धी बोलपत्र आव्हानको सूचना

Contact Info

कृषि विभाग

Hariharbhawan, Lalitpur, Nepal

Phone: 015421323, 015521356, 015424226

Audio Notice Board: 1618-01-5521356

Email: doa.agri2014@gmail.com

WEB: www.doanepal.gov.np

Site Visited

logo creation

  सूचना अधिकारी

तिलकराज चौंलागाई

तिलकराज चौंलागाई


वरिष्ठ कृषि अर्थ विज्ञ
☎९८५१३१००३३
✉tilak034@gmail.com

We Are Here