नेपाल सरकार

कृषि तथा पशुपन्छी विकास मन्त्रालय

कृषि विभाग

हरिहरभवन, ललितपुर

कृषकको नाम : गणेश पौडेल

ठेगाना :गंगटे, पकुवा,पर्वत

वर्ष २८, आई.ए. सम्मको अध्ययन गरेका गंगटे, पकुवा, कुष्मा-१४, पर्वतका गणेश पौडेल वि.सं. २०६९ पुस १३ गते देखि वि.सं. २०७१ फागुन २८ गते सम्म कामदारको रुपमा कतार गएको थिए । कुखुरा पालन व्यवसायमा लागेका पौडेलले आफ्नो ऋण तिर्नको लागि विदेशिनु परेको थियो । उनले तरकारी, १८ महिने भेटेरिनरी जे.टि.ए. तालिम, कुखुरा पालन तालिम तथा बेमौसमी तरकारी खेती तालिम लिएका छन् जस अनुरुप आफ्नै ८ रोपनी जग्गामा जहरे पोल्ट्री तथा कृषि फार्म संचालन गरिरहेका छन् ।वि.सं. २०६८ भदौ २९ गते दर्ता गरि शुरु गरिएको उक्त फार्ममा हाल उनले कुखुरा पालनसँगसँगै गोलभेडा, काक्रा, करेला, लहरेवाली, खुर्सानी तथा भान्टा खेती गरिरहेका छन् । आफ्नो कृषि उपजले कुष्मामै बजार पाईरहको तर धेरैले खेती शुरु गरेकोले बजार अन्यत्र खोज्नु पर्ने अवस्था आउन सक्ने पनि उनी बताउँछन् ।

उनले जिल्ला लघु उद्यमी संघमा सामाजिक परिचालकको रुपमा कार्यरत हुँदा कुखुरा पालन व्यवसाय शुरु गरेका थिए । परिस्थितिले विदेशिनु परेको र नेपालमा छँदा ११०० रियालको सम्झौता गरेर गए पनि त्यहाँ पुगेपछि ६०० रियाल मात्र दिदा निकै पिडा भयो र परिवार धान्न पनि गार्हो भयो उनलाई जसकारण पछि नेपालमै आएर केहि गरौँ भन्ने भावन झन तिब्र बन्दै गयो ।

टनेलमा टप भेन्टिलेशन र साईड नेट भएको प्राङ्गारिक खेती गर्नको लागि हाल उनी सँग ६×२० वर्ग मिटरको ४ वटा, तथा ६×१० वर्ग मिटरको एउटा साना संरचनाहरु छन् ।हाल उनले गोलभेडा, काक्रो तथा सिमी बोडी लगाईरहेका छन् । यी साना नमुना मोडेल फार्महरुको स्थापना गर्नको लागि ९.७ लाखको कार्य गर्नु पर्ने जसको लागि ५०% सरकारी अनुदान पाउने व्यवस्था रहेको छ । यूवा स्वरोजगार कार्यक्रमबाट गत साल उनले रु.४०,००० को अनुदान पनि पाएका थिए ।उनि भन्छन्, रु.३,७५० को लगानीबाट सुरुवात गरेको व्यवसाय हाल आएर रु. ३५ लाखको भˆईसकेको छ । यस व्यवसायमा उनको परिवार साथै आवश्यकता अनुसार ३ जना सिजनल कामदारले पनि रोजगारी पाईरहेका छन्। निकट भविष्यमै बाली बीमा पनि गर्ने योजना बनाएका पौडेल भन्छन्, हाल सबै खर्च कटाएर वार्षिक रु. ६ लाखको नाफा हुने गरेको छ । 

Contact Info

कृषि विभाग

Hariharbhawan, Lalitpur, Nepal

Phone: 015421323, 015421648

Email: doa.agri2014@gmail.com

WEB: www.doanepal.gov.np

Site Visited

 Connect With Us

We Are Here