प्रकाशित मिति : २०१८-११-२०
वृहत उद्देश्य :
-
कृषिलाई विविधिकरण गरि व्यवसायिकरणमा रुपान्तरण गर्दै खाद्य सुरक्षाको सुनिश्चितता र गरीवि न्यूनिकरणमा योगदान गर्ने ।
निर्दिष्ट उद्देश्यहरु :
-
कृषि बस्तुको बढ्दो आन्तरिक तथा बाह्य माग परिपूर्ति गर्न उत्पादन र उत्पादकत्वमा बृद्धि ल्याउने ।
-
कृषिमा आधारित उद्योगहरुलाई आवश्यकपर्ने कच्चा पदार्थहरुको उत्पादन र उत्पादकत्वमा बृद्धि गर्ने ।
-
साना, सिमान्त तथा महिला कृषकहरुका लागि उत्पादनशील तथा रोजगारमूलक कार्यक्रमहरु सञ्चालन गरि गरिबी घटाउन योगदान पुर्याउने ।
-
कृषि विकास र वातावरण संरक्षण बीच सन्तुलन कायम राखी दिगो कृषि विकास कार्यक्रम सञ्चालन गर्ने ।