नेपाल सरकार

कृषि तथा पशुपन्छी विकास मन्त्रालय

कृषि विभाग

हरिहरभवन, ललितपुर

कृषकको नाम : डिल्लीराज उप्रेती

ठेगाना :मेचीनगर-९, झापा

आठ वर्ष कतारमा वैदेशिक रोजगारीमा गएका डिल्लीराज उप्रेती एक सफल कृषि तथा वन व्यवसायी हुन् ।विदेशबाट फर्केपछि त्यहाँ कमाएको पैसाले कृषिमा लगानी गर्ने सोच बनाई उनले हाल सयपत्री र गोदावरीको फूल तथा बेर्ना, खर्बुजा, कागती, मेवा खेती तथा सजिवन र रक्तचन्दनको विरुवा उत्पादन तथा विक्री वितरणको काम गरिरहेका छन् । शुरुमा टमाटर खेती गरेको तर सबैले खेती गर्ने हुँदा बजारीकरणको समस्या देखि अरु भन्दा फरक गर्ने सोच राखी उनले फूल तथा वनजन्य प्रजातिहरुको खेती शुरु गरे । उनले तिहारलाई लक्षित गरी सयपत्री खेती गर्ने गरेका छन्  र उनले प्रति बेर्न रु. २ मा अन्य कृषकहरुलाई पनि बेर्ना उपलब्ध गराईरहेका छन्। हाल उनले १ विघा क्षेत्रफलमा कागती खेती गरीरहेका छन् साथै बलौटे जमिनमा खर्बुजा खेती गरिरहेको  र यसले थोरै समयमा पनि धेरै नाफा दिईरहेको जानकारी गराए ।

बजारको मागलाई ध्यान राखी हाल उनले मेवा खेती शुरु गरेका छन् । हाल उनले २0,000 देखि ३०,००० बोट लागाईसकेका र प्रति के.जी. रु.५० मा होलसेल विक्री गरिरहेका उनलाई मेवाको विक्रीवितरणमा कुनै पनि समस्या नरहेको बताउँछन् । उनका अनुसार आफ्नो व्यवसायबाट ८० दिनमा रु.५लाख सम्म पनि कमाएका छन् । तसर्थ अबका केहि वर्ष मेवा, सयपत्री र खरबुजा खेतीमा केन्द्रीत हुने उनको इच्छा छ । उनले हाल ५ जनालाई पूर्ण रोजगारी दिईरहेका छन् ।

उनका अनुसार कुनैपनि व्यवसायमा नाफा कमाउनको लागि आफ्नै किसिमको तरिकाहरु अपनाउनु पर्ने हुन्छ । उनले अन्नपूर्ण होटलमा काम गर्दा ग्राहकलाई कसरी रिझाउने र वस्तु तथा सेवाको बजारिकरण गर्ने तरिका सिकेको र सोहि बमोजिम आफ्ना ग्राहको चाहना र आवश्यकता अनुसार उत्पादन तथा बजारिकरण गरिरहेको जानकारी गराए ।

"मिहिनेतमा जादु हुन्छ" डिल्लीराज भन्छन् । आज सम्मको कृषि तथा वन व्यवसायमा प्राप्त सफलताको श्रेय उनी आफ्नो तथा परिवारको मिहिनेतलाई दिन्छन् । विहानै देखि राती ९-१० बजे सम्म पनि उनी खेतबारीमा नै खटिईरहेका हुन्छन् । विदेश गएर तल्लो स्तरको काम गर्नु भन्दा स्वदेशमै रहि परिवार तथा साथीभाईसंग मिलेर काम गर्नुमा छुट्टै आनन्द हुने उनको भनाई छ । मिहिनेत गर्ने हो भने स्वदेशमै विदेशमा भन्दा धेरै आम्दानी गर्न सकिन्छ तर बजारको आवश्यकता र माग अनुसार व्यवसाय शुरु गर्न सबैलाई सुझाव दिन्छन् ।

सम्पर्क विवरण

कृषि विभाग

हरिहरभवन, ललितपुर, नेपाल

सम्पर्क नं. : +९७७-१-५५२१३५६, ५५२४२२९, ५५२४२२६

अडियो सूचना : १६१८-०१-५५२१३५६

ईमेल :doa.agri2014@gmail.com

वेव : www.doanepal.gov.np

वेवसाइट हेरिएको

logo creation

हाम्रो नक्सा

   फेसबुक

Department of Nepal's Office