Published Date : 2018-11-20
- कृषि जन्य उत्पादन तथा उत्पादकत्व वृद्धि गरि खाद्य तथा पोषण सुरक्षा सुनिश्चित गर्ने तर्फ कार्यक्रम केन्द्रीत गर्ने,
- स्थान विशेषको सम्भाव्यता, तुलनात्मक लाभ एवं प्राथमिकताको आधारमा बाली, वस्तु विशेषका पकेटक्षेत्रहरूको विकास गरि व्यवसायिक एवं प्रतिस्पर्धी कृषि प्रणालीको विकास गर्ने,
- विकसित पकेट क्षेत्रहरुलाई क्रमिक रुपमा Agricultural Growth Center मा रुपान्तरण गर्ने र यसको लागि आवश्यक श्रोत केन्द्रहरुको विकास गर्ने,
- समावेशी र सामाजिक न्यायको आधारमा, सामाजिक, भौगोलिक तथा आर्थिकरुपमा पिछडिएको समुदायलाई कृषि विकासको मूलप्रवाहमा समावेश गर्न प्राथमिकता दिने र उत्पादनशिल रोजगारीका अवसरहरु बढाई गरिबी न्यूनीकरणमा टेवा पुर्याउने,
- कृषि विकास कार्यक्रमहरूलाई विश्व ब्यापार संगठन एवं क्षेत्रीयस्तरका ब्यापार सम्झौताहरूबाट प्राप्त अवसरहरूको अधिकतम लाभ लिने तर्फ उन्मुख गराउने,
- Institutional Pluralism – सार्वजनीक–निजी साझेदारी अवधारणा (PPP) अनुरुप निजी, सहकारी, सरकारी, गैह्रसरकारी तथा सामुदायिक संघ÷संस्थाहरुलाई साझेदार निकायको रूपमा अंगीकार गरि प्रभावकारि सेवा प्रवाहमा व्यापकता ल्याउने,
- कृषि शिक्षा, कृषि अनुसन्धान र कृषि प्रसार बीच समन्वयात्मकरुपमा कार्यक्रम सञ्चालन गर्ने,
- निक्षेपित कृषि प्रसार कार्यक्रम कार्यन्वयनमा आवश्यक नीतिगत एवं कार्यगत टेवा पु¥याउने,
- गुणस्तरीय कृषि उत्पादनका लागि श्रोत सामाग्रीहरुको उपलब्धता सर्वसूलभ तुल्याउने र उपलब्ध श्रोत साधनहरूको उच्चतम सदुपयोग गरि उत्पादनशिलता बढाउने,
- कृषिजन्य उद्योग विस्तारकोलागि आवश्यक कच्चा पदार्थ उत्पादनमा जोड दिई गैह्र फार्म रोजगारीमा वृिद्ध गर्ने,
- कृषिलाई सम्मानित पेशा बनाउनुको साथै कृषि व्यवसायमा यूवा वर्गलाई आकर्षित गर्ने
- कृषि विकास र वातावरण संरक्षण बीच सन्तुलन कायम राख्ने ।