Government Of Nepal

Ministry of Agriculture and Livestock Development

Department of Agriculture

Hariharbhawan, Lalitpur

Farmer's Name: Sujata Magar

Address:Leatang Na.Pa-1,Morang

कृषिलाई आफ्नो मुख्य पेशा बनाएकी लेटाङकी सुजाता मगरले हाल व्यवसायिक रुपमा केरा खेती गरीरहेकी छिन् । उनी वैदेशिक रोजगारीको शिलशिलामा २६ महिना कतार बसिन् । विदेश भनेपछि सब सुख सुविधा आराम होला भन्ने ठानेकोमा त्यहाँ गएपछी मात्र आफ्नो ठाउँको महत्व थाहा भएको उनको अनुभव छ । जति नै सुविधा भएपनि आफ्नो ठाउँको माया भने छुट्टै नै हुने रहेछ भन्छिन् उनी । वुवा विरामी भएको कारणले नेपाल आउँदा कम्पनीले बिदा दिएपनि उनी फर्केर भने गईनन् । उनले बरु आफ्नै देशमा बसेर जे भए पनि व्यवसाय गर्ने र आफ्नो परिवारको सेवामा जुट्ने सोच बनाईन् । सोही बेलामा युवा महिला सशक्तीकरण परियोजना अन्तरगतको कार्यक्रममा रोजगारीको अवसर पाईन् र चेतनामूलक कार्य गर्दै गर्दा भोटेनी महिला बचत तथा ऋण सहकारी संस्थासंग आवद्द भएर व्यवस्थापनको काम गरिन् । निश्चित अबधिको लागि मात्र गरिएका यी कामहरुको दौरान उनले तालिमहरु लिइन् र कृषि सम्वन्धि ज्ञान हाँसिल गरिन् ।

जिल्ला कृषि विकास कार्यालयको सहयोगमा क्षेत्रीय कृषि तालिम केन्द्र झुम्कामा ३ महिने युवा स्वरोजकार तालिम पनि प्राप्त गरिन् । त्यस पश्चात १३ रोपनीमा केरा खेती गरिन् । लगानीको कमीको कारणले उनले वर्षेनी थोरै-थोरै गरेर क्षेत्र विस्तार गरिरहेकी छिन् र आगामी दिनमा पनि अझै विस्तार गरेर लैजाने उनको योजना छ । सिंचाईको अभावको कारणले टिस्युकल्चर प्रविधिको केरा खेती गर्न नसकेको र स्थानिय बेर्ना नै प्रयोग गरिरहेको जानकारी दिईन् । रोग-किराको समस्या, गुवा मर्ने, गवारो लाग्ने समस्याहरु छन् ।

छर छिमेकमा उनी एक उदाहरणको रुपमा पनि परिचित भएकी छिन् । विदेश जान लागेका र फर्केर आएका युवाहरुलाई आफ्नै माटोमा विदेशमा गर्ने जति मिहिनेत गर्यो भने त्यहाँ भएको भन्दा बढी लाभ पाउन सकिन्छ उनी भन्छिन् ।

Contact Info

Department of Agriculture

Hariharbhawan, Lalitpur, Nepal

Phone : +977-1-5521356, 5524229, 5524226

Audio Notice Board: 1618-01-5521356

Email: doa.agri2014@gmail.com

WEB : www.doanepal.gov.np

Site Visited

logo creation
site visit

We Are Here