Government Of Nepal

Ministry of Agriculture and Livestock Development

Department of Agriculture

Hariharbhawan, Lalitpur

Farmer's Name: Kopendra Singh

Address:Kathari-4,Nayabajar,Morang

"मातृभूमिको माटोसँग एकदम लगाव छ र गर्न सके आम्दानीको भणडार हो नेपाली माटो" भन्छन् मोरङका युवा कृषक कोपेन्द्र सिंह । आफ्नो ४ वर्षे विदेश बसाईको नमिठो अनुभव सुनाउँदै हाल आफ्नै देशमा गरेको प्रगतिबाट आफै सन्तोषका गाथा गाउँछन् उनी। देशमा भएको द्वन्द र घरको आर्थिक स्थिति कमजोर भएको कारण वाध्यतावश उनी वि.सं.२०६३ सालमा मलेसिया पुगेका थिए । ४० देखि ४५ डिग्रीको तापक्रममा नाला सोहर्दाको अनुभव र फर्केर नेपाल आउन मन हुँदा-हुँदै पनि ऋणका कारण छिट्टै फर्केर आउन सकेका थिएनन् । पछि वर्षहरु वित्दै जाँदा, उनमा नेपालमा गएर तरकारी खेती नै गर्ने संकल्प जागेर आयो र सोहि अनुरुप नेपाल आएर तालिम लिएर तरकारी खेती शुरु गरे । सो क्रममा उनी त्रीशक्ती कृषक समूहमा आवद्द भए र नेपाल सरकारबाट पनि धेरै सहयोगहरु पाए ।

विभिन्न तरकारीहरु जस्तै काक्रा, भण्टा, करेला, भिण्डी खेती गरिरहेका सिंह भन्छन् सबैभन्दा राम्रो नाफा हुने खेती भनेको टमाटर खेती नै हो । उनी थप्छन्, एउटा बोटबाट १५ देखि ३५ के.जी. सम्म टमाटर फल्ने गरेको छ ।  हाल उनले नियमित ५ जनालाई रोजगारी दिइरहेका छन् । उनलाई बजारीकरणको लागि कुनै समस्या छैन । ठेकेदारहरु आफ्नै बारीमा तरकारी लिन आउने गरेको र विहान ५ बजे तरकारीको गाडी लोड गरिसक्नु पर्ने उनको दैनिकी छ । उनले फलाएको तरकारी विराटनगर, धरान, दमक, नारायगण, पोखरा तथा काठमाडौं सम्म जाने गरेको छ । भावी सोचको कुरा गर्दा उनलाई १ विघा बराबरको टनेलमा व्यावसायिक तरकारी खेती गर्ने मन छ र सरकारी स्तरबाट राम्रो सहयोग हुने भएमा आफ्नो सोचलाई कार्यान्वयन पनि गर्ने योजना बनाएका छन् । साथै तरकारी खेतीलाई दोव्वर बनाउने र बीउविजन सम्बन्धि कामलाई विस्तार गर्दै लैजाने उनको भावी योजना छ ।

समस्याहरुमा कामदारको ठूलो अभाव रहेको र  यसै कारण बढी झारनाषक विषादी प्रयोग गर्नु परेको पनि  बताउँछन् । त्यस्तै कृषि बीमा गर्नको लागि पनि समस्या रहेको कुरा उनी बताउँछन् ।

खेतमा काम गर्दा मनमा निकै आनन्द आउने गरेको उनको अनुभव छ । वि.सं. २०७२ सालमा जिल्लास्तरिय राष्ट्रपति पुरस्कारबाट सम्मानित तथा वि.सं.२०७३ सालमा पाएको प्रदेशस्तरिय पुरस्कारहरुले उनमा अझ राम्रो काम गर्ने उर्जा पैदा गरेको छ । उनि जोड दिएर भन्छन्, "विदेश त जानै हुँदैन । विदेशमा दुःख बाहेक केहि हुँदैन । अबको पालो भनेको सरकारले केही गरेन भन्ने होइन, सरकारलाई केही गरेर देखाउने बेला हो ।"

Contact Info

Department of Agriculture

Hariharbhawan, Lalitpur, Nepal

Phone : +977-1-5521356, 5524229, 5524226

Audio Notice Board: 1618-01-5521356

Email: doa.agri2014@gmail.com

WEB : www.doanepal.gov.np

Site Visited

logo creation
site visit

We Are Here