Government Of Nepal

Ministry of Agriculture and Livestock Development

Department of Agriculture

Hariharbhawan, Lalitpur

Farmer's Name: Pema Lama

Address:Kathmandu

तारकेश्वर न.पा. ६,काभ्रेस्थली, काठमाण्डौ निवासी ४५ वर्षिया पेमा लामा ७ वर्ष सम्म ईजरायली कृषिमा तालिम तथा अनुभव बटुलेर स्वदेशमा नै केही गर्न सकिन्छ की भन्ने लागेर कृषि व्यवसायमा संलग्न छन् । उनीले ९० रोपनि जग्गा भाडामा लिएर ६ जनाको साँझेदारीमा (४ जना- पेमा लामा, कीर्तिमान लामिछाने, शिवहरी भण्डारी, बीर बहादुर गुरुङ्ग विदेश गई फर्कीनु भएको र २ जना नेपालमा नै काम गरिरहेका व्यक्ति) गाई फर्म तथा आधुनिक तरकारी व्यवसाय अघि बढाएका छन् । उनका अनुसार करिव १ करोड भन्दा माथिको लगानी रहको यस व्यवसायमा उनीहरुले साविक तरकारी विकास निर्देशनालय र PACT  बाट गरी १ करोड बराबरको अनुदान प्राप्त गरेका थिए ।

१६० वटा प्लास्टिक टनेल, १ वटा १००० मिटर स्क्वायरको High tech green house , थोपा सिँचाई, पलास्टिक मल्चिङ्ग जस्ता आधुनिक प्रविधि सहितको यस व्यवसायमा सुरुवाति अवस्थामा ठूलो लगानि खर्चिएकोले बार्षिक रुपमा ८०-९० लाख बराबरको कारोबार हुने गरेतापनि तत्काल खासै नाफा गर्न नसकिरहेको तर भोलिका दिनहरुमा भने व्यवसाय नाफा मूलक बन्नेमा आशाबादि छन् । मलको लागि गाई (९-१० वटा) पनि सँगसँगै पाल्ने गरेको जसबाट ५०-६० लिटर दुध दैनिक उत्पादन हुने गर्छ। सिजनासुरका सबै खालका तरकारी जस्तै बोडी ३ टन, काउली ५ टन, टमाटर २०० टन तथा साग सब्जी आदि उत्पादन हुने गरेको र नारायनगढ, कालीमाटी, पोखरा, बुटवल जस्ता बजारमा आफ्नो उत्पादनले ठाउँ लिने गरेको जानकारी दिए । यस व्यवसायलाई सहज रुपमा अघि बढाउन उनीहरुले ३ जना स्थायी कर्मचारी र दैनिक २५ जनालाई आंसिक रोजगारीको अवसर प्रदान गरेका छन् ।

कृषि वस्तुमा उचित मूल्य निर्धारण हुनुपर्ने, सहि कृषकले मात्र अनुदान पाउनुपर्ने जस्ता आवश्यकता पहिचान गरेका उनले यसै वर्ष आफूहरुले थप २०-२५ रोपनि क्षेत्रफलमा फर्म विस्तार गर्ने योजना रहेको बताए । 

Contact Info

Department of Agriculture

Hariharbhawan, Lalitpur, Nepal

Phone : +977-1-5521356, 5524229, 5524226

Audio Notice Board: 1618-01-5521356

Email: doa.agri2014@gmail.com

WEB : www.doanepal.gov.np

Site Visited

logo creation
site visit

We Are Here