Government Of Nepal

Ministry of Agriculture and Livestock Development

Department of Agriculture

Hariharbhawan, Lalitpur

Farmer's Name: Krishna Neupane

Address:Chitwan

विगत १५ वर्ष देखि कृषि व्यवसायमा संलग्न भरतपुर म.न.पा.-२५ ,शुक्रनगर, चितवनमा बस्ने 42 वर्षका कृष्ण न्यौपाने साउदी र मलेसिया गरी करिव ३ वर्ष विदेश बसि विदेशमा गर्ने दु:खले आफ्नै घर ठाउँमा  केहि गर्न सकिन्छ भन्ने सोचका साथ व्यवसायिक तरकारी खेतीमा लागेका हुन् । १० कठ्ठाबाट सुरु गरेको यस व्यवसाय वि.सं. २०७१ सालमा नोबेल एग्रीकल्चर फर्म नाममा दर्ता गरी १.५ विघा जग्गा आफ्नो र 18.5 विघा भाडामा लिई विभिन्न तरकारीहरु जस्तै स्क्वायस, लौका, करेला, चिचिण्डा, काँक्रो, बोडी, खुर्सानी, भडेखुर्सानी आदि  (७०-८० टन) उत्पादन हुने र यसरी उत्पादन गरेको कृषि उपज ९०% काठमाण्डौ,  बुटवल,  पोखरा र नारायणगढ जस्ता बजारमा जाने उनको भनाई रहेको छ । उनले हाल टमाटर ५ विघामा, तरबुजा २५ विघामा, लौका २ विघामा, करेला २ विघामा, फर्सि २ विघामा खेती गर्दै आएका छन् भने ११ विघा क्षेत्रफलमा थोपा सिँचाई पद्धति अपनाएर आधुनिक तवरबाट तरकारी खेती गर्दै आएका छन् । पलास्टिक मल्चिङ्गलाई पनि उत्तिकै महत्वका साथ प्रयोग गर्दै आएका छन् ।

१ करोड भन्दा माथिको आफ्नै लगानि रहेको यस व्यवसायमा ३५ लाख वैङ्क ऋर्ण समेत रहेको छ । व्यवसाय गर्ने क्रममा उनले सरकारी निकायबाट मल तथा बिजुली बत्तीमा छुट तथा अनुदान प्राप्त गरेको जानकारी गराए । उनका अनुसार उनले बार्षिक २ करोड वरावरको कारोवार गर्नुका साथै दैनिक ५० जना जति कामदारलाई रोजगारीको अवसार प्रदान गरेका छन् भने विभिन्न महोत्सवहरुमा फिल्ड प्रदर्शन गरी पुरस्कृत पनि भएका छन् ।

राज्यबाट विदेशबाट फर्की कृषि व्यवसाय गरिराखेका कृषकहरुलाई प्राथमिकतामा राखि कार्यक्रम ल्याईनुपर्ने, नयाँ प्रविधि तथा सस्तो व्याजमा कृषि ऋर्ण दिनुपर्ने जस्ता आवश्यकता रहेको उनको भनाई छ । आफ्नो व्यवसायलाई आधुनिक तरिकाबाट अगाडी बढाउने र यसलाई नै निरन्तरता दिँदै जाने पनि उनको भावि सोच रहेको छ ।

 

Contact Info

Department of Agriculture

Hariharbhawan, Lalitpur, Nepal

Phone : +977-1-5521356, 5524229, 5524226

Audio Notice Board: 1618-01-5521356

Email: doa.agri2014@gmail.com

WEB : www.doanepal.gov.np

Site Visited

logo creation
site visit

We Are Here