Government Of Nepal

Ministry of Agriculture and Livestock Development

Department of Agriculture

Hariharbhawan, Lalitpur

Farmer's Name: Raj Kishor Rai

Address:Belka Na.Pa-8,Udayapur

विगत ७ वर्ष देखि अनवरत रुपले मौरी पालनमा लागेका उदयपुरका राजकिशोर राई हाल एक सफल मौरी व्यवसायीको रुपमा परिचित छन् । उनले वि.सं. २०६० सालमा नेपाल प्रहरीमा जागिर खाए तर त्यो जागिर लामो समय सम्म टिकेन । राम्रो कामाईको आशमा उनी कामदारको रुपमा कतार गए तर त्यहाँ पनि उनी केवल १० महिनाको लागि मात्र बसे र स्वदेशमै आफ्नै परिवारसँग बसेर केहि गर्नु पर्छ भन्ने सोचले प्रेरित भएर फर्किए । पछि बाख्रा, कुखुरा तथा बंगुर पालन पनि गरेका राजकिशोरले अन्त्यमा सफलता र सन्तुष्टि भने मौरी पालनबाट पाए ।

वाल्यकालमा मुढेघारमा मौरीपालनन गरेको अनुभव र मह खान पाउँदाका आनन्दका कारण मौरीपालन प्रति झुकाव सानै देखि थियो उनमा । सोहि अनुसार डम्वर तामाङ नामको दाजुबाट उनले मिलेर व्यवसायिक रुपले मौरीपालन शुरु गरे । हाल उनीसँग मेलिफेरा (३५ घार), सेरेना (३० घार) दुवै थरीका मौरीहरु छन् ।

मौरीपालन निकै संवेदनशील व्यवसाय भएको र ध्यानपूर्वक काम गर्न सके यो सरल पेशा पनि हो भन्छन् राजकिसोर । मह जम्ने समस्या भएको र बजारीकरण गर्दा चिनी मिसाएको मह भनेर बिक्री गर्न कहिलेकाहीँ कठीनाई पर्ने गरेको उनी बताउँछन् ।

वार्षिकरुपमा ५ लाख जतिको आम्दानी हुने गरेको र सबै खर्च कटाउँदा रु. २.५ लाख जति बचत हुने कुरा उनले गरे । भावी योजना अनुसार, मौरी घार बढाएर १०० पुर्याउने र छिमेकका साथीभाइहरुसँग मिलेर मौरीपालनलाई अझै बढाउँदे लैजाने उनको योजना रहेको छ ।

 

Contact Info

Department of Agriculture

Hariharbhawan, Lalitpur, Nepal

Phone : +977-1-5521356, 5524229, 5524226

Audio Notice Board: 1618-01-5521356

Email: doa.agri2014@gmail.com

WEB : www.doanepal.gov.np

Site Visited

logo creation
site visit

We Are Here