Government Of Nepal

Ministry of Agriculture and Livestock Development

Department of Agriculture

Hariharbhawan, Lalitpur

Farmer's Name: Gopal Prasad Adhikari

Address:Jante,Letang Na.Pa-9,Moarang

व्यवसायिक तरकारी खेती गर्नकोलागि लगानीको श्रोत जुटाउने हिसाबले लेटाङ-९ का गोपाल प्रसाद अधिकारी १२ वर्ष विदेश बसेका थिए । विदेशमा मासिक रु.६०,000 कमाई हुँदाहँदै पनि आफ्नै देशमा गएर केहि गर्नु पर्छ भन्ने भावनाले विदेशी भूमिमा रहेका ४ उर्जाशिल युवाहरुले स्वदेशमै आई व्यवसाय गर्ने निधो गरे र यहि दृढ संलल्पका साथ नेपाल आई कृषि सम्बन्धि खोज गरे र तालिमहरु लिएर ऋण खोजी कृषि व्यवसायमा लगानी गरे । उमेरमा विदेश बसेर बुढेसकालमा देशमा केही गर्न सकिन्न भनेर उमेर छँदै उनीहरु फर्केर आएका हुन् ।

 उत्साहपूर्वक उनी भन्छन् १२ कठ्ठा गोलभेडा खेती गरी ५ महिनामा १० लाख आम्दानी गरे र जसमा खर्च जम्मा २.५ लाख भयो । आफूले खेती गर्दा रासायनिक भन्दा पनि प्राङ्गारिक खाद्यतत्व बढी प्रयोग गर्ने गरेको उनी बताउँछन् ।

विदेश जानु अघि धान खेती मात्र गर्ने गरेको र खेती गर्ने तरिका पनि थाहा नभएकोमा पछि काक्रा, टमाटर र बोडीबाट सबैभन्दा बढी फाईदा देखेर यहि खेती शुरु गरे । उनी विदेशमा हुँदा घरमा बुवाले पनि तरकारी खेती सम्बन्धि तालिम लिएको र आफू फर्केर आएपछि बुवासँगै मिलेर खेती गरेका हुन् । हाल उनको क्षेत्रमा अरु कृषकहरुलाई पनि खेती गर्नको लागि उनी प्रेरित गर्छन् भने फलाएको तरकारीको लागि बजारिकरणको व्यवस्था पनि मिलाईदिन्छन् ।अरुको उत्पादन बजारमा लगेर बेच्दा प्रति के.जी. रु १ लिने गरेका छन् । शुरुशुरुमा बजार बारे राम्रो ज्ञान नहुँदा बजारैबाट टमाटर फालेर आउनु परेको तितो अनुभव भएता पनि हाल बजारको राम्रो व्यस्था भएको र केही समस्या नरहेको उनको भनाई छ ।

खेती सँगसँगै उनले मेलिफेरा जातको मौरी पनि पालन गरेका छन् र भन्छन्, हिड्न बोल्न सकिन्जेल आफै पूर्ण रुपले नखटिईकन आम्दानी लिन सकिने व्यवसाय मौरी पालन हो ।

आफ्नो गाँउमा मात्र नभई अधिकारी अहिले छिमेकी गाँउहरुमा पनि प्रख्यात भएका छन् । विदेशिने चाहना भएका युवाहरुलाई सम्झाएर उत्प्रेरणाको श्रोत बनेका अधिकारीले अरुलाई खेती गर्ने तरिका सिकाउने र बजारको जिम्मा पनि लिने गरेका छन् । 

Contact Info

Department of Agriculture

Hariharbhawan, Lalitpur, Nepal

Phone : +977-1-5521356, 5524229, 5524226

Audio Notice Board: 1618-01-5521356

Email: doa.agri2014@gmail.com

WEB : www.doanepal.gov.np

Site Visited

logo creation
site visit

We Are Here