नेपाल सरकार

कृषि तथा पशुपन्छी विकास मन्त्रालय

कृषि विभाग

हरिहरभवन, ललितपुर

कृषकको नाम : नरभक्त राई

ठेगाना :लेटाङ-९, मोरङ

आठ वर्ष कतार र साउदीमा वैदेशिक रोजगारीमा बिताएका नरभक्त राईलाई आफू विदेशमा रहदा आफ्नो बारी बाँझो रहेको देखेर नेपालमै बसेर कृषि पेशा गर्ने जोश आयो । विदेशबाट फर्केपछि उनले आफ्नो पुर्ख्यौली जमिन (२ विघा १ कठ्ठा) मा कागती तथा सुपारी खेती गर्ने निधो गरे । आफ्नो छिमेकी विनोद वस्तीको सहयोगमा कागतीको बेर्ना लिई खेती शुरु गरेको र उनी सँगै बजारको पनि अध्ययन गरिरहेको बताए । हाल उनीसँग कागतीको साथसाथै सुपारीका ५१० बोट पनि छन् । यी बालीको उत्पादन लिन केहि वर्ष लाग्ने भएकोले हालसालै कुनै नाफा नभएको तर भविष्यमा यस पेसाबाट आम्दानी राम्रो हुने कुरामा उनी विश्वश्त छन् ।

 

पहिले-पहिले उक्त बारीमा धान मकै खेती गर्ने गरेको र यसको उत्पादनबाट कुनै नाफा नभएको हुँदा केहि पृथक गर्ने सोचले सुपारी तथा कागती खेती शुरु गरेको उनी बताउँछन् । भविष्यमा आफ्नो उत्पादनलाई स्थानिय बजारमा भन्दा पनि बाहिर बजारीकरण गर्ने उनको लक्ष्य छ र सोहि अनुसार बजारको अध्ययन पनि गरिरहेका छन् । आफ्नो क्षेत्रलाई कागतीमय बनाउनको लागि उनले आफ्ना छिमेकी साथी-भाइलाई कागतीका बेर्ना उपलब्ध गराउनको साथसाथै प्राविधिक सहयोग पनि गरेका छन् ।

 

खेती शुरु गर्दा सबैले उनलाई ल यो बौलायो, खेतीपातीमा धेरै लगानी गर्यो भन्थे तर अहिले कागतीको उत्पादनको शुरुवात देखेर सबै जनाले हामालाई पनि खेती गर्न सहयोग गर्नुस् भन्ने गरेको उनी बताउँछन् । हाल उनलाई सिंचाईको प्रमुख समस्या रहेको छ ।

 

विदेशमा गर्ने मिहिनेत यहिँ गर्ने हो भने परिवार र साथीभाइसँग बसेर स्वतन्त्र रुपमा कृषि व्यवसाय गरी त्यहाँको आम्दानी यहिँ नै कमाउन सकिने भनि अन्य विदेशमा जान लागेका साथीभाइलाई उनी सम्झाउने गर्छन् ।

सम्पर्क विवरण

कृषि विभाग

हरिहरभवन, ललितपुर, नेपाल

सम्पर्क नं. : +९७७-१-५५२१३५६, ५५२४२२९, ५५२४२२६

अडियो सूचना : १६१८-०१-५५२१३५६

ईमेल :doa.agri2014@gmail.com

वेव : www.doanepal.gov.np

वेवसाइट हेरिएको

logo creation

हाम्रो नक्सा

   फेसबुक

Department of Nepal's Office