नेपाल सरकार

कृषि तथा पशुपन्छी विकास मन्त्रालय

कृषि विभाग

हरिहरभवन, ललितपुर

कृषकको नाम : राम कुमार पुलामी मगर

ठेगाना :लेटाङ्ग न.पा.-१, मोरङ

लेटाङ्ग न.पा.-१ का वडा सदस्य राम कुमार पुलामी मगर स्थानिय प्राङ्गारिक कृषि समूहका अध्यक्ष पनि हुन् । वि.सं.२०५३ साल देखि २०६७ साल सम्म दुवई, कतार तथा ओमनमा लगभग १५ वर्ष वैदेशिक रोजगारीमा बिताएका राम कुमारले स्वदेश फर्केपछि कृषि क्षेत्रमा केहि गर्नु पर्छ भनि गाउँका केही साथीभाइसंग मिलेर १ विघा क्षेत्रफलमा सामूहिक प्राङ्गारिक खेती शुरु गरेका छन् । आफूले व्यक्तिगत रुपमा ५ कठ्ठा क्षेत्रफलमा पनि प्राङ्गारिक खेती गरेका छन् । वैदेशिक रोजगारीबाट फर्कीसकेपछि अन्य कृषकहरुले कृषि क्षेत्रमा सफलता प्राप्त गरेको देखेर आफूलाई यस क्षेत्रमा लाग्ने प्रेरणा मिलेको उनी बताउँछन् । हाल उनीहरुले करेला, बोडी, टमाटर, काउली, आलु, भिण्डी आदि खती गरी सामूहिक रुपमा नै बिक्री वितरण गर्ने गरेका छन् । सामूहिक खेती मार्फत वार्षिक प्रति व्यक्ति रु. २ देखि ३ लाख आम्दानी भईरहेको उनी बताउँछन् । सामूहिक रुपमा खेती गर्दा मूख्य रुपमा उत्पादन तथा विक्री वितरण गर्न कामदारको समस्या नहुने हुँनाले आफूहरु सामूहिक खेतीमा लागेको जानकारी दिए ।

महंगो बीउ विजन, प्राङ्गारिक मल पर्याप्त मात्रामा नपाउने र प्राङ्गारिक उत्पादनको बजारमा समस्या रहेको उनी भन्छन् । आफू जनप्रतिनिधी भएको नाताले र कृषि प्रतिको आफ्नो विशेष लगावको कारणले उनले आफ्नो स्थानिय क्षेत्रमा कृषि विकास सम्बन्धि विभिन्न कार्यक्रम संचालनको लागि जोड दिएका छन् र सामूहिक खेती प्रवर्द्भनको लागि विशेष व्यवस्था पनि गरेका छन् ।

"आफ्नै देशमा मिहिनेत गर्नु पर्छ, पसिना बगाउनु पर्छ, परिश्रमले फल अवस्य दिन्छ" भन्ने मान्यता राखी उनी अनवरत रुपमा कृषि पेशामा लागिरहेका छन् । जनप्रतिनिधि भैकनपनि कृषि पेशालाई व्यवसायिक रुपमा अंगालेका राम कुमार त्यस क्षेत्रका अन्य कृषकहरुको लागि प्रेरणाको श्रोत बनेका छन् ।

सम्पर्क विवरण

कृषि विभाग

हरिहरभवन, ललितपुर, नेपाल

सम्पर्क नं. : +९७७-१-५५२१३५६, ५५२४२२९, ५५२४२२६

अडियो सूचना : १६१८-०१-५५२१३५६

ईमेल :doa.agri2014@gmail.com

वेव : www.doanepal.gov.np

वेवसाइट हेरिएको

logo creation

हाम्रो नक्सा

   फेसबुक

Department of Nepal's Office