Government Of Nepal

Ministry of Agriculture and Livestock Development

Department of Agriculture

Hariharbhawan, Lalitpur

Published Date : 2018-11-20 (Modified Date : 2018-11-20)
  • कृषक समूहलाई कृषि प्रसार कार्यक्रमको सम्वाहकको रुपमा अंगीकार गरि कृषि विकास कार्यक्रम सञ्चालन गर्ने र क्रमिक रूपमा सहकारीमा परिणत गर्दै लाने,
  • रोजगारमूलक व्यवसायिक कृषि तालिमको माध्यमबाट कृषि जनशक्तिको क्षमता एवं कार्यदक्षता र रोजगारीका अवसर अभिवृद्धिका लागी रोजगारमूलक व्यवसायिक कृषि तालिम सञ्चालन गरि प्रविधि हस्तान्तरण गर्ने,
  • स्थानीय संभाव्यता र तुलनात्मक लाभको आधारमा बाली र वस्तु विशेषका पकेट क्षेत्रहरुको पहिचान गरि संभाव्य बाली र वस्तुको उत्पादन विशिष्टिकरणमा सहयोग पुर्‍याउने,
  • खाद्य तथा पोषण सुरक्षाका दृष्टिकोणबाट संवेदनशील र खाद्यान्न उत्पादन न्यून हुने क्षेत्रहरुमा स्थानीयस्तरमा उत्पादन हुन सक्ने कृषि उपजको उत्पादन तथा उपयोग गर्न विशेष कार्यक्रम सञ्चालन गर्ने,
  • यातायात सुविधा पुगेका सिंचित क्षेत्रमा बाली विशेषका पकेट प्याकेज कार्यक्रमलाई प्राथमिकता दिने र सिंचाइ, यातायात र अन्य सुविधा नभएका दुर्गम जिल्लाहरुमा स्थानीय संभाव्यताको आधारमा बढी मोल जाने र कम आयतन भएका बाली र वस्तुहरुको उत्पादन तथा प्रवर्द्धनमा जोड दिने,
  • उद्यमी कृषक एवं नीजि क्षेत्रको सहभागीतामा कृषि प्रविधिको विकास एवं प्रसार, श्रोत तथा वितरण केन्द्रहरुको विकास एवं विस्तार गरि उत्पादन श्रोत सामग्रीहरुको आपूर्तीमा स्थायित्व ल्याउने,
  • Value Chain Approach को अवधारणामा आधारीत कृषि विकासका कार्यक्रमहरुको छनौट तथा कार्यान्वयन गरि कृषि व्यवसायीकरण तथा बजारीकरणमा जोड दिने,
  • सार्वजनीक–निजी साझेदारी अवधारणा अनुरुप बजार सूचना प्रवाह एवं पूर्वाधारहरूको विकास गरि उत्पादित कृषि जन्य उपजहरूको बजारीकरणमा टेवा पुर्‍याउने,
  • सहुलियतपूर्ण कृषि ऋण एवं वाली विमाको व्यवस्था र कृषिजन्य उद्योग तथा व्यापारमा कर सुविधा समेतको व्यवस्था गर्न जोड दिने,
  • सरकारी स्तरबाट समन्वय, सहजीकरण र नियमनकारी भुमीकामा जोड दिने,
  • ग्रहणयोग्य अनुसन्धान (Adaptive Research)सञ्चालनगरी प्रविधि प्रमाणिकरण गर्ने,
  • श्रम वचतमुखी एवं व्यवसायिक कृषि प्रणालीको विकास गर्न कृषि यान्त्रीकरण कार्यक्रम सञ्चालन गर्ने,
  • स्थानीय बाली र वस्तुको मौलीक ज्ञान (Indigenous Knowledge) को संरक्षण, सम्बद्र्धन एवं सदुपयोग गरि कृषि विविधिकरणमा जोड दिने,
  • जैविक विविधता संरक्षणमा स्थानीय समुदायको अग्रसरतालाई प्रोत्साहन गर्ने,
  • कृषि जैविक विविधतामा आधारीत उत्पादन वृद्धि, रोजगारी एवं आयमुलक कार्यक्रमहरु सञ्चालन गर्न प्रोत्साहन गर्दै तत्सम्बन्धी बजार तथा उद्योग व्यवसाय सञ्चालन गर्न प्रोत्साहन गर्ने,
  • ग्रामीण क्षेत्रमा कृषि उत्पादनका सामाग्री, उपकरण, सूचना, र सञ्चार जस्ता साधनहरु उपलब्ध गराउन सामुदायीक व्यवस्थापनमा आधारीत कृषि स्रोतकेन्द्रहरुको स्थापना र सञ्चालन गर्ने,
  • वैज्ञानीक भू–उपयोगको माध्यमबाट बाली विविधिकरण, एवं व्यवसायिकरणमूखी कार्यक्रमहरु सञ्चालन गर्ने,
  • कृषि विकास संग सम्बन्धित सरकारी, गैर सरकारी र नीजि क्षेत्रका निकायहरुको समन्वय सुदृढ गरि लक्षित वर्गको सामाजिक परिचालनमा प्रभावकारीता ल्याउने ।
  • करार खेती र सहकारी खेतीलाई प्रोत्साहित गर्दै, कृषि वस्तु विषयगत सहकारी संस्था र केन्द्र देखी ग्रामिण स्तरसम्मका कृषि सहकारीको संरचना सुदृढिकरण गर्दै जाने,
  • महिला तथा सिमान्तकृत समुदायको उत्थानमा प्राथमिकता दिई कृषि कार्यक्रमहरु सञ्चालन गर्ने,
  • कृषि उत्पादन र कृषि जन्य उद्योग बीच तादम्यता हुनेगरी कार्यक्रम सञ्चालन गर्ने ।

Contact Info

Department of Agriculture

Hariharbhawan, Lalitpur, Nepal

Phone : +977-1-5521356, 5524229, 5524226

Audio Notice Board: 1618-01-5521356

Email: doa.agri2014@gmail.com

WEB : www.doanepal.gov.np

Site Visited

logo creation
site visit

We Are Here